काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट भीआईपी तथा भीभीआईपीको सुरक्षामा खटिएका २ सय ७१ सुरक्षाकर्मी फिर्ता भएका छन् । जसमा नेपाल प्रहरीका १ सय ७४ जना र सशस्त्र प्रहरीका ७४ जना छन् ।
गत २३ असोजमा मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्नेबारे गृहमन्त्रीस्तरीय निर्णय भएसँगै भीआईपी सुरक्षा पाउने व्यक्तिहरूका सुरक्षाकर्मी फिर्ताको काम सुरु भएको थियो ।
पूर्वप्रधानमन्त्रीहरुलाई १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षा दिइने विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा उल्लेख भएपनि पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओलीले मापदण्डभन्दा दोब्बर बढी सुरक्षाकर्मी राखेका थिए । अन्य पूर्वविशिष्ट व्यक्ति तथा बहालवाला विशिष्ट व्यक्तिहरूले मापदण्ड विपरीत राखेका सुरक्षाकर्मी समेत गरेर २७१ जनालाई फिर्ता गरिएको हो ।
फिर्ता भएकाहरूलाई अब संगठनले तोकेको नियमित ड्युटीमा खटाउने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया