काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुक्रबारदेखि गुण्डुमा भइरहेको छ । हिजो अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले बैठक स्थगित भएको थियो । आज फेरि बैठक सुरु भएर टुंग्याउने तयारी छ ।
बैठकमा महाधिवेशनको मिति तय गर्ने र त्यस मितिलाई अनुमोदन गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गर्ने अपेक्षा छ । यो जानकारी उपमहासचिव प्रदीप ज्ञवालीले दिएका छन् ।
सचिवालयमा जम्मा १८ जना सदस्य छन् । शुक्रबार ९ जना सदस्यले आफ्नो धारणा राखिसकेका थिए । आज बाँकी ९ जना सदस्यले कुरा राखेपछि बैठकले केही निर्णय गरेर अन्त्य हुने जनाइएको छ ।
शुक्रबार बैठकको सुरुवात अध्यक्ष ओलीले गरेका थिए। त्यसपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरु बराल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो विचार राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया