काठमाडौं । विद्यालयमा शिक्षक नियुक्ति गर्दा साढे चार लाख घुस खाने प्रधानाध्यापक रंगेहात पक्राउ परेका छन् ।
रौतहटको जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसादलाई शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगेहात पक्राउ गरेको हो ।
बिचौलिया अरविन्द प्रकाश साहकानु पनि पक्राउ परेका छन् ।
अख्तियारका अनुसार उनीहरूलाई घुस लिइसकेको अवस्थामा पर्साको वीरगन्ज नगरपालिका(१३ स्थित अदालत रोडको एक होटेलबाट नियन्त्रणमा लिएको हो ।
प्रधानाध्यापक संजय प्रसादले विद्यालयमा शिक्षक आवश्यकता सम्बन्धी खुलाइएको विज्ञापनको आधारमा सेवाग्राहीबाट विधिपूर्वक दिइएको दरखास्तको प्रक्रियालाई अगाडि बढाउने बहानामा घुस मागेको उजुरीका आधारमा आयोगको टोली खटिएको थियो ।
उनले बिचौलियामार्फत ४ लाख ५० हजार रुपैयाँ घुसबापत मागेका थिए । सेवाग्राहीले उक्त रकम बिचौलिया साहु कानुलाई बुझाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया