प्रतिनिधि विवादपछि जेनजीसँग राष्ट्रपतिले गर्ने भनिएको छलफल सर्‍यो

लोकपथ
1.8k
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज हुने भनिएको जेनजी प्रतिनिधिहरूसँगको छलफल सोमबारका लागि सरेको छ ।

छलफलको नयाँ समय सोमबार दिउँसो ३ बजे निर्धारण भएको राष्ट्रपति सचिवालयले जनाएको छ ।

आजको छलफलमा सहभागी हुने प्रतिनिधिबारे केही विवाद उठेपछि तालिका परिवर्तन गरिएको हो । केही समूहहरूले आफ्नो सहभागिता नभएको भन्दै आपत्ति जनाएका थिए ।

यसअघि, राष्ट्रपतिको आह्वानमा शुक्रबार शीतल निवासमा सर्वदलीय बैठक सम्पन्न भएको थियो । उक्त बैठकमा आगामी निर्वाचन तयारी र पछिल्ला राजनीतिक घटनाक्रमबारे व्यापक छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?