काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनबाट सिर्जित परिस्थितिलाई मूल्यांकन गरेर आवश्यक्ता अनुसार पहलकदमी लिएको जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा विभिन्न संरचना ध्वस्त हुँदा नेपाली सेनाले सहयोग नगरेको भन्दै आलोचना भइरहेका बेला आज विज्ञप्ति जारी गर्दै सेनाले त्यसबारे स्पष्ट पारेको हो ।
आन्दोलनपछि आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्यांकन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्न आवश्यक्ता अनुसार पहलकदमी लिएको सेनाले जनाएको छ ।
‘आन्तरिक सुरक्षामा पर्नसक्ने असरलाई वस्तुपरक ढंगले मूल्यांकन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उदेश्यका साथ नेपाली सेनाले आवश्यक्ता अनुसार पहलता लिएको अवगत गराउन चाहन्छौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै हालको परिस्थितिमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत नेपाली सेना र त्यसको नेतृत्वलाई जोडेर भइरहेका टिकाटिप्पणीप्रति सेनाले आपत्ति जनाएको छ । भइरहेका गतिविधिहरुबारे आफूहरुले नियमित रुपमा समाचार सम्प्रेषण गरिरहेको भन्दै आधिकारिक स्रोतबाट मात्रै सूचना लिन समेत सेनाले भनेको छ ।
‘हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् संस्था र नेतृतवलाई जोडेर विभिन्न टिकाटिप्पणी र धारणाहरु सम्प्रेषण भएकोमा नेपाली सेनाको ध्यानाकर्षण भएको छ । नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरु नियमित रुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएको तथ्य समेत जानकारी गराउँदछौँ,’ जारी वक्तव्यमा भनिएको छ ।
त्यस्तै नेपाली सेनासम्बन्धी कुनै जानकारी लिन जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरु मात्रै सम्प्रेषण गर्न सेनाले आग्रह गरेको छ ।
विज्ञप्ति पढ्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया