काठमाडौं । नेकपा (एमाले) का नेता महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्याललाई राज्यविरुद्धको अपराधमा पक्राउ गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले शान्तिपूर्ण जेनजी आन्दोलनमा सुनियोजित रूपमा घुसपैठ गरी हिंसा भड्काउने र तोडफोड मच्चाउने काममा गृहमन्त्री अर्यालको भूमिका रहेको आरोप लगाए ।
उनका अनुसार, भदौ २३ र २४ गतेको प्रदर्शनमा भएको तोडफोड, लुटपाट र सम्पत्ति नष्ट गर्ने कार्यका लागि अर्याल नै मुख्य जिम्मेवार हुन् । बर्तौलाले अर्यालले ती घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही हुन नदिन सहयोग गरेको दाबी पनि गरेका छन् ।
उनले भनेका छन्, ‘शान्तिपूर्ण आन्दोलन बिगार्ने र जनताको सम्पत्तिमा क्षति पुर्याउने योजनाका स्टेकहोल्डर स्वयम् गृहमन्त्री हुन्, त्यसैले उनलाई गिरफ्तार गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया