काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनाउने नभई बरु अझ बलियो बनाउने बताएका छन् ।
मंगलबार भिडियो सन्देशमार्फत् शर्माले भने, ‘जब पार्टीको विधानमै यो व्यवस्था छ, त्यसको प्रयोग गर्दा पार्टी कमजोर हुँदैन, बरु बलियो बन्छ।’
उनले विशेष महाधिवेशनका लागि आफैँले कसैलाई हस्ताक्षर गर्न नभनेको तर सोध्नेहरूलाई अनुमति दिएको बताएका छन् । शर्माले स्पष्ट पारे, ‘मैले टेलिफोन गरेर कसैलाई हस्ताक्षर गर्नुस् भनेको छैन, तर मलाई सोध्नेहरूलाई भने गर्नुस् भनेको छु ।’
महामन्त्री शर्माले विशेष महाधिवेशनलाई ‘अपरेसन’सँग तुलना गर्दै भने, ‘जसरी अपरेसनले तत्काल कमजोरी ल्याए पनि पछि शरीर बलियो हुन्छ, त्यसरी नै पार्टी पनि विशेष महाधिवेशनपछि अझ मजबुत बन्छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया