काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, डुबान र पहिरोबाट ठुलो जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले इलाममा पहिरोमा परी १८ जनाको मृत्यु भएको र सयौँ बेपत्ता भएको पीडादायी समाचारले अत्यन्त दुःखित बनाएको उल्लेख गरेका छन् । उनले रसुवा लगायतका अन्य क्षेत्रमा घर, सडक, राजमार्ग, पशुपंक्षी र अन्नबालीमा समेत ठूलो क्षति पुगेको जानकारी दिएका छन् ।
प्राकृतिक विपद्बाट ज्यान गुमाउने सबैको आत्मप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले जोखिम अझै पूर्ण रूपमा हटिसकेको नभएको भन्दै सबैमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
साथै, आफ्नो पार्टीका सबै तहका संरचनालाई उद्धार, राहत र पुनर्स्थापना कार्यमा सक्रिय हुन निर्देशन दिँदै, पार्टी कार्यालयमा सहायता कक्ष स्थापना गरी राहत कार्यमा थप सक्रिय हुन आह्वान समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया