विपद् व्यवस्थापन र उद्धारका लागि तयारी अवस्थामा रहन मन्त्री घिसिङको निर्देशन

लोकपथ
189
Shares
फाइल तस्बिर

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आफूसँग भएका सामग्रीहरुका साथ विपद् व्यवस्थापन र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन  दिएका छन् । 

शनिबार, आइतबार अत्याधिक वर्षा हुने पूर्वानुमान रहेकाले आफू सुरक्षित रहँदै सडकमा काम गर्ने कर्मचारीहरु तयारी अवस्थामा रहन आग्रह गरेका हुन्  ।

कार्यालयमा गएर बस्ने नभई सडकको अवस्था बुझ्ने, सहयोग गर्ने र आफूहरुसँग भएका उद्धारका सामग्रीहरु तयारी अवस्थामा राख्न जरुरी रहेको बताए । दुई दिन ढिला भएर केही नबिग्रिने भन्दै उनले सतर्क रहेर मात्रै यात्रा गर्न आह्वान गरे । शनिबारदेखि आइतबारसम्मको अवस्था गम्भीर रहेको बताए ।

उनले शनिबार राति धेरै बाढी आउने भएकाले सुरक्षित स्थानमा बस्न आग्रह गरे । खोला किनारका सडकबाट सवारी साधन नचलाउन पनि आग्रह गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?