काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले दसैं विदाको समयमा पनि आफ्नो सेवा दिइरहेका छन् । सबैजसो क वर्गका बैंकले निश्चित समयका लागि सीमित सेवा दिने गरी आफ्ना शाखा कार्यालय र काउन्टरहरु सञ्चालनमा ल्याएका छन् ।
बैंकहरुले ग्राहकको चाप, सेवाको किसिम आदि हेरेर आफ्ना विभिन्न शाखाहरु खुला रहने सूचना सार्वजनिक गरेका छन् ।
बैंकहरुले मुख्य सहर र देशैभरका शाखाहरु निश्चित समयका लागि खुला राख्ने गरी सार्वजनिक सूचना नै जारी गरेका छन् ।
बैंकहरुले आफ्नो वेभसाइटमा कुन कुन शाखा कति कति बजे खुल्छन् र के के सेवा लिन पाइन्छ भनेर सूचना राखेका छन् ।
बैंक अनुसार कहाँ के छ भनेर बुझ्नका लागि आफू ग्राहक रहेको बैंकको वेभसाइटमा गएर हेर्न सकिन्छ ।
काठमाडौं उपत्यकाका लागि महानवमी अर्थात् असोज १५ गते बुधबार खुला रहने बैंक, उनीहरुका शाखा कार्यालय र खुल्ने समयबारे यहाँ सरल इन्फोग्राफिक्समा दिइएको छ ।
महानवमीका दिन खुल्ने बैंकहरू
काठमाडौं उपत्यकामा २०८२ असोज १५ गते महानवमीका दिन खुल्ने बैंक र शाखाहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया