ओलीको राहदानी रोक्ने निर्णयप्रति राष्ट्रिय युवा संघको आपत्ति

लोकपथ
1.3k
Shares

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले वर्तमान सरकारले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्ने निर्णय गरेकोमा गम्भीर आपत्ति प्रकट गरेको छ ।

संघले मंगलबार जारी गरेको विज्ञप्तिमाओलीको राहदानी रोक्का गर्ने निर्णमाथि आपत्ति जनाएको हो ।

जारी विज्ञप्तिमा यो निर्णय लोकतान्त्रिक मूल्य-मान्यताको उल्लंघन र राजनीतिक प्रतिशोधको अभिव्यक्ति भएको उल्लेख छ ।विज्ञप्तिमा भनिएको छ, ‘कुनै आधार र प्रमाणबिना २०८२ भदौ २२ र २४ गतेका घटनालाई कारण देखाई गरिएको यो कदम असंवैधानिक र न्यायविरुद्ध छ।’

संघले ओलीको राहदानी रोक्ने कार्यले पूर्वप्रधानमन्त्रीलाई अपराधी ठहर गर्ने प्रयास भएको आरोप लगाउँदै तत्काल निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । विज्ञप्तिमा ओलीको राजनीतिक जीवन र योगदानलाई अवमूल्यन गर्ने, जनताको अधिकारमाथि आघात गर्ने गतिविधि संघलाई स्वीकार्य नहुने उल्लेख छ।

त्यस्तै युवा संघले एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतमाथि पनि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउन लागेको आरोप लगाएको छ।

युवा संघले लोकतान्त्रिक अभ्यास र संविधानले दिएको मौलिक अधिकारको रक्षा गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिंदै, राजनीतिक प्रतिशोधका आधारमा गरिएका यस्ता कारबाहीले जनविश्वास कमजोर बनाउने चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?