मुस्ताङमा बाजागाजासहित सुरक्षाकर्मीले भित्र्याए फूलपाती डोली

लोकपथ
154
Shares

काठमाडौं ।  हिमाली जिल्ला मुस्ताङमा धार्मिक परम्पराअनुसार फूलपाती भित्र्याइएको छ । 

यहाँ स्थित नेपाली सेनाको इन्द्र बक्स गण, सशस्त्र प्रहरी बल ३३ नं गुल्म र जिल्ला प्रहरी कार्यालयले आज जोमसोमस्थित गणेश मन्दिरबाट पुजाअर्चना र सलामीसहित आ–आफ्नो शक्तिपीठमा सैनिक बाजागाजासहित फूलपाती डोली भित्र्याएको हो ।

यसअघि जोमसोमस्थित नेपाली सेनाको इन्द्र बक्स गणबाट नेपाली सेनाको टोली नवरात्रको पहिलो दिन घटस्थापनामा राखिएका फूलपातीलाई सैनिक बाजागाजासहित गणेश मन्दिरमा पुर्‍याइएको थियो । 

यसैगरी सशस्त्र प्रहरी बल नेपाल ३३ नंं गुल्म र जिल्ला प्रहरी कार्यालयले पनि घटनास्थापनामा राखिएको फूलपातीलाई गणेश मन्दिरमा पुर्‍याएको थियो । यसरी यहाँ सुरक्षा निकायले गणेश मन्दिर पुर्‍याइएको फूलपातीलाई नेपाली सेनाका पुरोहित लक्ष्मण अर्यालले पूजाआजा गरेका थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?