ओलीको आरोप- ‘वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको हो’

लोकपथ
392
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संवैधानिक बाटोबाट नभई तोडफोड र आगजनीको माध्यमबाट बनेको आरोप लगाएका छन् ।

शनिबार भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघ, नेपालले आयोजना गरेको खुला भेटघाट कार्यक्रममा बोल्दै ओलीले आफूले देश र जनताको पक्षमा काम गरेको प्रमाण सार्वजनिक गर्न सरकारलाई चुनौती दिएका छन् । 

उनले भने, ‘यो सरकार संवैधानिक बाटोबाट जनताको अभिमतबाट बनेको होइन। यो तोडफोड र आगजनीबाट बनेको हो । सरकारले मैले गरेका काम र निर्देशनहरू प्रकाशन गरून् । कर्मचारी र प्रहरीलाई दिएको निर्देशनहरू बाहिर ल्याओस् । हामी पारदर्शिता र स्वच्छताको नीति अनुसार अघि बढ्छौँ ।

अध्यक्ष ओलीले एमालेले सधैँ सरकारको नेतृत्व गर्दा छलछाम र षड्यन्त्रका कुनै पनि गतिविधि नगरेको दोहोर्‍याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?