युनिटी कप अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल र वेस्ट इन्डिजबिच आज भिडन्त 

लोकपथ
1.8k
Shares

काठमाडौं । नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध तीन खेलको युनिटी कप अन्तर्राष्ट्रिय टी-२०  क्रिकेट शृङ्खलाअन्तर्गत पहिलो खेल आज खेल्दैछ ।

संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रंगशालामा हुने खेलमा नेपालले पहिलो पटक दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यसलाई नेपाली क्रिकेटका लागि ऐतिहासिक अवसरको रूपमा हेरिएको छ । नेपालले दोस्रो खेल यही असोज १३ गते र तेस्रो खेल १४ गते खेल्ने कार्यक्रम रहेको छ । 

खेल नेपाली समय अनुसार बेलुकी ८:१५ बजे सुरु हुनेछ। सिरिज सकिएपछि नेपाली टोली आइसिसी टी-२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेल्न ओमान प्रस्थान गर्नेछ । 

यही तयारी स्वरूप नेपालले वेस्ट इन्डिजसँग मैत्रीपूर्ण सिरिज खेल्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?