काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको सातौँ पूर्ण बैठकको दोस्रो दिन आज प्रज्ञा भवन, कमलादीमा जारी छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरू माथि विभिन्न १० वटा टोलीका नेताहरूले धारणा राखेका छन् ।
साथै बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरुले धारणा राख्नेक्रम सकिएको छ । बैठकमा आफ्नो छुट्टै प्रस्ताव राख्ने जनार्दन शर्माले १० वटा टोलीका नेताहरूले धारणा र अन्य पदाधिकारीले उठाएका प्रश्नमा आफ्नो धारणा राखिरहेका छन् ।
त्यसपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि १० वटा टोलीका नेताहरूले धारणा र अन्य पदाधिकारीले उठाएका प्रश्नमा धारणा राख्नेछन् । त्यसपश्चात् अध्यक्ष प्रचण्डले धारणा राख्ने र आजै बैठक समापन हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया