अर्थ मन्त्रालयमा आजदेखि पूर्ण डिजिटल स्वीकृति प्रणाली लागू

लोकपथ
721
Shares

काठमाडौं । अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी र निर्णय प्रक्रिया पूर्ण रूपमा डिजिटल स्वीकृति प्रणालीमार्फत सञ्चालन गर्ने भएको छ ।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मन्त्रालयले कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली लागू गरिएको बताए ।

उनका अनुसार अबदेखि आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति लिन–दिने कार्य अनलाइन प्लेटफर्ममार्फत मात्र हुने छ। यसले समय, लागत र श्रम बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढाउने अपेक्षा गरिएको छ ।

डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै कर्मचारीले हातले गर्ने कागजी प्रक्रिया अन्त्य हुनेछ भने सम्पूर्ण रेकर्ड सुरक्षित रूपमा डिजिटल आर्काइभमा रहने अर्थ मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?