काठमाडौ । निर्वाचन आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी नामावली संकलन र अद्यावधिक कार्य अघि बढाउने भएको छ ।
आज बसेको आयोगको बैठकले यसका लागि आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ ।
आयोगका निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कात्तिक मसान्तसम्म नामावली संकलन र अद्यावधिक गरिने बताए ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने म्यान्डेट पाएको छ । निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था भएकाले सरकारले यसका लागि बुधबार अध्यादेश ल्याएर उक्त व्यवस्था हेरफेर गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया