प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

लोकपथ
770
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले (आज) बिहीबार  राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् ।

गत भदौ २७ गते शुक्रबार प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले पहिलोपटक देशबासीका नाममा सम्बोधन गर्न लागेकी हुन् ।

प्रधानमन्त्री कार्कीको सम्बोधनका लागि सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले समन्वय गरिरहेको छ ।

जेनजी आन्दोलनपछि तत्कालीन सरकार प्रमुखले राजीनामा दिएपछि कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । साथै कार्कीले आफूसहित ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेर काम अघि बढाएकी हुन् ।

त्यसो त ६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेट पाएको सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेको छ ।

प्रधानमन्त्री कार्कीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत भेटेर निर्वाचनको विषयमा छलफल गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले भोलि साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै वर्तमान परिस्थिति र आगामी रणनीतिबारे जानकारी दिन लागेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?