आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
1.6k
Shares

 काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा २ लाख २३ हजार रुपैयाँ पुगेको हो । 

यसअघि मंगलबार सुनको रेकर्ड मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ थियो । यस्तै बुधबार छापावाल सुन १० ग्रामको १ लाख ९१ हजार १८५ रुपैयाँ कायम भएको छ । 

यसैबिच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ६८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर २ हजार ७०० रुपैयाँ पुगेको हो । चाँदीको मूल्य मूल्य हालसम्मकै उच्च हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?