काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ । नेता गुरुराज घिमिरेलगायत महाधिवेशन प्रतिनिधिहरूले यसको अगुवाइ गरेका छन् ।
जेनजी आन्दोलनपछि बदलिँदो राजनीतिक घटनाक्रमलाई लक्षित गर्दै विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरु भएको हो । महाधिवेशन प्रतिनिधिहरूले विगतका गल्तीहरूप्रति क्षमा माग्न र सुधारिएर भविष्य बनाउनका लागि विशेष महाधिवेशनको विकल्प नभएको बताएका छन् ।
अहिलेको अवस्थामा विशेष महाधिवेशन बोलाउने केन्द्रीय समितिको दायित्व भए पनि त्यो सम्भावना नभएकाले प्रतिनिधिहरू नै यसको तयारीमा लागेको बताइएको छ ।
पार्टीलाई अहिलेको दुरावस्थाबाट निकालेर समयसापेक्ष प्रभावकारी बनाउन जिम्मेवारीबोध गरी विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह पनि गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया