काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले राष्ट्रपति रामचन्द्र पौडेलले आँट गरेर मात्रै संविधान जोगिएको दाबी गरेका छन् ।
पश्चिमा र अन्य शक्तिहरुले नचाहँदा नचाहँदै आफूमा अन्तर्निहित अधिकारको प्रयोग गरेर संविधान जोगाउने आँट गरेको भन्दै उनले राष्ट्रपति पौडेलको प्रशंसा समेत गरे ।
प्रगतिशील लेखक संघ, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव मैनालीले निर्वाचन हुनका लागि राजनीतिक दलहरुले संसद पुनःस्थापनाको माग राखेर आन्दोलन गर्न नहुने पनि बताए ।
उनले जेनजी पुस्ताले आफूहरुको माग पूरा गराउनका लागि दबाब दिएपनि मुलुकमा चुनाव हुन नसक्ने अवस्था आउने जिकीर गरे ।
महासचिव मैनालीले नेपालमा संविधान मास्नका लागि वाह्य शक्तिहरुले चलखेल गरिरहेको पनि बताए ।
उनले भने, ‘राष्ट्रपति रामचन्द्र पौडेलले संविधान भित्रै पारेर काम गरेका छन् । यसलाई नराम्रो नठान्नुहोस् । उनले राष्ट्रपतिमा रहेको निहीत अधिकारलाई प्रयोग गर्दै संविधानलाई रक्षा गर्ने अन्तर्निहित अधिकार र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने अधिकारलाई प्रयोग गरेर संसद बाहिरको भएपनि प्रधानमन्त्री नियुक्त गरेका छन् । संविधान अहिलेको नै तोडेको भए झन धेरै समस्या हुन्थ्यो । त्यसो भएर यही गुरुङ प्रधानमन्त्री भएको भए के हुन्थ्यो रु गुरुङलाई सबैले चिनिसकेका छन । यस्तो अवस्था आएको हुनाले रामचन्द्र पौडेलले आँट गरेर भएपनि संविधानलाई जोगाए । म धन्यवाद दिन्छु । संविधानमा धेरै कुरा राम्रा नभएपनि त्यो भत्किहाल्नु राम्रो थिएन । र सुशीला दिदीलाई प्रधानमन्त्री बनाए । अव कस्ता कस्ता मन्त्री ल्याउने हुन ? एउटा कुरा छ । अहिलेनै जेन्जीको माग सबै पूरा गराउने हो भने पनि चुनाव हुँदैन । अहिले संसदमा रहेका दलहरुले भने अनुसार संसद पुनस्र्थापनाको आन्दोलन गरे भने पनि चुनाव हुँदैन ।’
महासचिव मैनालीले मुख्य राजनीतिक दलहरुले गलत काम गरेका कारण मुलुकमा विपत्ति आईपरेको दोहोर्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया