काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्याचन आयोग तयारीमा जुटेको छ ।
आयोगले मतदाता नामावलीको संकलन खोल्न सरकार समक्ष सिफारिस गरेको छ ।
आइतबार बैठक बसेर आयोगले मतदाता नामावली ऐन संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको हो ।
अहिलेको सरकार चुनावी सरकार मात्र रहेका कारण अध्यादेशमार्फत् उक्त ऐन संशोधन गर्न सक्ने सम्भावना रहेको छ ।
खासगरी अहिलेको सहजताका लागि मतदाता नामावली ऐनको दफा ४ लाख संशोधन गर्नुपर्ने हुन्छ । जहाँ जुनसुकै बेला मतदाता नामावली संकलन गर्न सक्ने व्यवस्था रहेको छ । अहिलेको ऐनमा भने निर्वाचनको मिति तय भइसकेको अवस्थामा मतदाता नामावली खोल्न नपाउने प्रावधान रहेको छ । त्यसकारण ऐनको दफा नै संशोधन गरेर छिट्टै मतदाता नामावली संकलन खोल्न लागिएको हो ।
जेनजी आन्दोलनपछि निर्वाचनको मिति घोषणा भएसँगै ठूलो संख्यामा आन्दोलनरत जेनजी युवायुवतीहरु मतदानबाट बञ्चित हुने भन्दै आलोचना समेत भएको थियो । त्यससँगै १८ वर्ष उमेर पुगेका युवायुवतीहरुलाई समेत मतदानमा समेट्न मतदाता नामावली संकलन खोल्न लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया