माओवादीको पदाधिकारी बैठक : होला नेतृत्व हस्तान्तरणको बहस ?

लोकपथ
196
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ ।

केहीबेरअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो ।

जारी बैठकमा वर्तमान परिस्थिति र समसामयिक राजनीतिक परिस्थिति र पार्टीभित्र देखिएका अन्तर्विरोधबारे छलफल सुरु भएको हो ।

जेनजी आन्दोलनपछि माओवादीभित्र नेतृत्व परिवर्तनको माग खुलेर अघि आएको छ ।

बैठकमा आन्दोलनपश्चात देशको राजनीतिक स्थिरता, सरकारमा माओवादीको भूमिका र आगामी रणनीतिबारे पनि विस्तृत छलफल हुने समेत बताइएको छ ।

जेनजी आन्दोलनपछि हरेक राजनीतिक दलभित्र नेतृत्व परिवर्तनको कुरा उठिरहेको छ । माओवादी भित्र समेत केही शीर्ष नेताहरुले हालका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचणड’ राजीनामा माग गर्र्दै नेतृत्व हस्तान्तरणका लागि दबाब दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?