विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले तत्कालीन सरकारले सुशासन र भ्रष्टाचारका विषयमा गम्भीरता नदेखाउँदा जेनजी प्रदर्शनमा ठूलो क्षति भएको बताएका छन् ।
आज विराटनगरस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरूसँगको भेटमा नेता कोइरालाले हालसम्म नेपाली कांग्रेसको नेतृत्व हस्तान्तरणबारे कुनै औपचारिक छलफल नभएको स्पष्ट पारे ।
उनले जेनजी प्रदर्शनका क्रममा भएको क्षतिबारे छानबिन हुनु आवश्यक रहेकोमा जोड दिँदै, राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन समयमा चाल्नुभएको कदम उचित रहेको उल्लेख गरे । साथै, संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था नरहेको पनि उनले स्मरण गराए ।
नेता कोइरालाले विराटनगरस्थित आफ्नो निवासमा भएको आगलागीप्रति दुःख व्यक्त गर्दै भने, ‘भौतिक संरचना जले पनि नेपाली कांग्रेसको इतिहास कहिल्यै जलेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया