पाकिस्तानमा बम विस्फोट : ६ जनाको मृत्यु

लोकपथ
266
Shares

काठमाडौं । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा ट्याक्सी स्ट्यान्डमा भएको विस्फोटमा ६ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

विस्फोट चमन जिल्लामा, पाकिस्तान–अफगानिस्तान सीमा नजिकै भएको थियो । उद्धार सेवाका अनुसार पीडितहरूलाई जिल्ला मुख्यालय अस्पतालमा सारिएको छ र घाइतेको अवस्था गम्भीर रहेको छ ।

सुरक्षा बलहरूले घटनास्थल घेराबन्दी गरी थप अनुसन्धान थालेका छन् । अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?