जेनजी आन्दोलनपछि पहिलो पटक त्रिपालमुनि बस्दै सर्वोच्चको इजलास, आज दुई इजलास मात्र

लोकपथ
1.3k
Shares

काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २४ गते लगाइएको आगोले सर्वोच्च अदालत भवन ध्वस्त भएपछि आज बिहीबार पहिलोपटक इजलास बस्ने भएको छ । आगजनीले अदालत भवन पूर्णरुपमा ध्वस्त भएपछि त्रिपालमुनि इजलास बस्न लागेको हो ।

आज बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्ने गरी दुई इजलास बस्न लागेको हो । सर्वोच्च अदालत प्रशासनका अनुसार दुवै इजलास एकल हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?