आफूमाथि आक्रमणको प्रयास गरिएको सुदन गुरुङको दाबी

लोकपथ
1.4k
Shares

काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आफूमाथि आक्रमणको प्रयास भइरहेको दाबी गरेका छन् ।

गुरुङले आफूमाथि आक्रमण गर्ने प्रयासस्वरुप ‘फलो’ गरिएको दाबी गरेका हुन् ।

उनले आफू गाडी भित्र रहेको अवस्थामा मोटरसाइकलले निरन्तर फलो गरेको भन्दै आफूमाथि आक्रमणको प्रयास गर्न खोजिएको बताएका हुन् । उनले फेसबुक लाइभमा आफूमाथि कहिले होण्डा साइन त कहिले पल्सर बाइकमा केही व्यक्तिहरुले फलो गरेको बताएका हुन् ।

उनले आफूलाई जतिबेला पनि जे पनि हुनसक्ने भन्दै गाडीमा रहेका आफ्ना साथीहरुलाई आन्दोलनलाई अघि बढाउन भनेका छन् । साथै आफूमाथि निरन्तरप्रहार भइरहेको र आफूमाथिको प्रहारलाई प्रतिकार गर्न समेत भनेका छन् ।

जेनजी आन्दोलनका क्रममा सुदन र उनले चलाएको हामी नेपाल टिम सक्रिय रहेको थियो । जेनजी आन्दोलनपछि थप चर्चामा आएका उनलाई समेत जेनजीको अगुवाको रुपमा हेरिएको थियो । यद्यपि उनले आफूहरुले जेनजी आन्दोलनको सुरुवात नगरेको बरु आफूहरुले जेनजी आन्दोलनलाई सफल अवतरण गराएका बताएका थिए । सुदनले लामो समयदेखि एनजीओ मार्फत् विभिन्न सामाजिक काम गर्दै आइरहेका थिए । तर जेनजी आन्दोलनपछि उनी जेनजी उमेर समूहको नरहेको र उनले जेनजी आन्दोलनको लाभ मात्रै लिन खोजेको भन्दै आलोचना समेत भएको थियो । यता उनले भने आफूलाई राजनीति गर्नु नरहेको बताउँदै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?