काठमाडौं । तीन मन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको संसद् भवनको संयुक्त निरीक्षण गरेका छन् ।
आज अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले संयुक्त निरीक्षण गरेका हुन् ।
संसद् भवनको अवलोकनपछि उनीहरू सर्वोच्च अदालततर्फ प्रस्थान गर्ने तयारीमा छन् । आन्दोलनकारीहरूले जलाएर ध्वस्त पारेको सर्वोच्च अदालत अहिले अस्थायी रूपमा पाल टाँगेर काम सञ्चालन गरिरहेको छ ।
त्यसपछि मन्त्रीहरू भैंसेपाटीस्थित मन्त्री निवास परिसरको समेत संयुक्त अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
जेनजी आन्दोलनका क्रममा संसद् भवन र सर्वोच्च अदालत जलेर पूर्ण रूपमा ध्वस्त भएका थिए । संसद्को गतिविधि हाल अवरुद्ध छ भने सर्वोच्च अदालत न्यूनतम सेवामार्फत काम गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया