पहिरोले नारायणगढ-मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

लोकपथ
385
Shares

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन र कर्णाली राजमार्ग पूर्ण अवरुद्ध भएका छन् ।

कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका-१ गगनेखोलामा गए राति ठूलो पहिरो खसेर बाटो अवरुद्ध भएको जुम्ला सडक डिभिजन कार्यालयले जनाएको छ। सो क्षेत्र पहिरो जोखिमयुक्त स्थल मानिँदै आएको छ।

त्यसैगरी, मंगलबार राति चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। पहिरो पन्छाउने क्रममा पुनः पहिरो खसेपछि सडक बन्द भएको हो। अहिले एक्साभेटरमार्फत सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, पृथ्वी राजमार्गको घोप्टे भिरमा पनि पहिरो खसेर सडक एकतर्फी बनेको छ। नारायणगढ-मुग्लिन सडकखण्डकै नाम्सी खोलामा खसेको पहिरो भने हटाइएपछि यातायात सञ्चालनमा आएको छ । लगातारको वर्षाले यात्रा कठिन बनेपछि सयौँ सवारीसाधन बाटोमै अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?