उर्जामन्त्री कुलमानले गरे पदभार ग्रहण, विद्युतको वक्यौता उठाउने पहिलो निर्णय

लोकपथ
1.1k
Shares

काठमाडौं । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथग्रहण गरेसँगै शहीद तथा घाइतेका परिवारलाई भेटेपछि सिंहदरबारमा पुगेर मन्त्री घिसिङले पदभार ग्रहण गरेका हुन् ।

साथै उनले पहिलो निर्णय समेत गरेका छन् । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक समेत रहेका घिसिङले पहिलो निर्णयका रुपमा विद्युत प्राधिकरणको बाँकी वक्यौता उठाउने निर्णय गरेका हुन् ।

त्यस्तै उनले आफूले खादा माला नलगाउने समेत घोषणा गरेका छन् ।

मन्त्री घिसिङलाई उर्जासहित शहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज तीन मन्त्रीको नियुक्त गरेकी हुन् । तीन वटै मन्त्रीहरुले आ–आफ्नो कार्यभार सम्हालिसकेका छन् ।

नेपालमा लामो समयदेखि डेडिकेडट तथा ट्रंक लाइनको सुविधा लिएको उद्योगी व्यवसायीहरुले वक्यौता नदिएको गुनासो आइरहेको थियो । यसअघि प्राधिकरणको नेतृत्वमा कुलमान हुँदा उनले त्यही कदममा एक्सन लिएको लगायत कारणले सरकारले कुलमानलाई हटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?