सुदन गुरुङ समूहको विरोधबिच नवनियुक्त तीन मन्त्रीको शपथ बिहान साढे ११ बजे हुँदै

लोकपथ
3.9k
Shares

काठमाडौं । पूर्वप्रधानान्यायाधीश सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूको शपथ अहिले बिहान साढे ११ बजे हुने भएको छ । शपथ ग्रहण समारोह शितल निवास परिसरमा टेन्टमुनि हुनेछ । 

गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन् । अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गरिएको बताइएको छ । घिसिङलाई ऊर्जाका अलावा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय एवं अर्याललाई कानुन मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । 

उता, मन्त्री नियुक्तिप्रति जेनजी आन्दोलनको अगुवा भनिएका सुदन गुरुङ समूहका केही युवाले असन्तुष्टि जाहेर गर्दै आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि भेला भएर प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध नाराबाजी गरेका थिए । सो क्रममा उनीहरूले प्रधानमन्त्री कार्कीको राजीनामा नै माग्न भ्याएका थिए । विशेषगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाइएकोमा उनीहरूको आक्रोश देखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?