काठमाडौं । सहरी विकास मन्त्रालयले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगलागीबाट पुगेको क्षतिको तीन दिनभित्र विवरण संकलन गर्ने तयारी गरेको छ ।
मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको संयोजकत्वमा आइतबार बसेको बैठकले मंगलबारको घटनाबाट नष्ट भएका भौतिक संरचना, उपकरण र गाडीहरूको सूची तयार गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीका अनुसार मन्त्रालयका ५० वटा गाडी जलेर खरानी भएका छन् भने केही गाडी तोडफोड भएका छन् । कार्यालयका उपकरण तथा समान चोरीसमेत भएको बताइएको छ । ‘सिंहदरबारका धेरैजसो भवन जले पनि सहरी विकास मन्त्रालय भने जोगिएको छ, तर यहाँका सामान चोरी भएका छन्,‘प्रवक्ता मैनालीले बताए ।
सचिव सिग्देलले मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग करिब ६० प्रतिशत जलेको जानकारी दिए । ‘अब कहाँ बसेर काम गर्ने भन्नेमा अन्योल छ,‘उनले भने, ‘मन्त्री क्वाटरसहित मन्त्रालयद्वारा निर्माण भएका भवनहरूको पनि क्षतिको विवरण संकलन हुनेछ ।
उनका अनुसार आजको बैठकमा सरसफाइ, कार्यस्थल व्यवस्थापन र आगामी दिनमा शोकलाई शक्तिमा बदल्दै कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया