काठमाडौं । जेनजी आन्दोलनको क्रममा नयाँबानेश्वरस्थित वाणिज्य बैंक लुट्ने समूहले फालेको ५ लाख रुपैयाँ एक युवाले प्रहरीलाई बुझाएका छन् ।
ललितपुर घर भएका सुरेश देउलाले सो रकम जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको प्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता चक्रराज जोशीले जानकारी दिए ।
उनका अनुसार देउलाले बैंक लुटपाटको दृश्य भिडियो खिचिरहेका बेला लुटेरा समूहले उनलाई देखेर धम्कीस्वरुप नगद फ्याँकेका थिए ।
‘लुटपाटको भिडियो खिचिरहेका बेला लुटेरामध्ये एक जनाले ‘तैँले यही खोजेको हो, ला १’ भन्दै पैसाको बिटो फालेको रहेछ, ‘एसपी जोशीले भने, ‘त्यही रकम उनले जिम्मेवारीपूर्वक प्रहरीलाई बुझाएका छन् ।’
देउलाले बुझाएको नगद ५ लाख १० हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
यसअघि सो बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली सेनाले पक्राउ गरिसकेको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया