कैलाली । जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएको कैलाली भन्सार कार्यालयले आजदेखि नियमित सेवा प्रवाह सञ्चालन गरेको छ ।
क्षतिग्रस्त भन्सार कार्यालयबाट सेवा सञ्चालन गर्न समय लाग्ने भएकाले सवारीसाधन पार्किङ र गाडी मर्मतका लागि प्रयोग हुँदै आएको भवनबाट सेवा प्रवाह सञ्चालन गरिएको हो ।
भन्सार कार्यालयको पश्चिम दक्षिण प्रवेशद्वारमा रहेको भवनबाट सीमित साधन स्रोतबाट सेवा सञ्चालन गरिएको भन्सार कार्यालयले जनाएको छ ।
सो भवनबाट बैंकको काउन्टर, आयात निर्यातको स्वीकृतिलगायतको काम हुँदै आएको भन्सार कार्यालयका सूचना अधिकारी खेमप्रसाद अर्यालले बताए ।
भन्सार कार्यालयमा गरिएको तोडफोड र आगजनीबाट प्रशासनिक भवन, कर्मचारी निवास, सवारीसाधन, महत्वपूर्ण फाइलहरू, तथ्याङ्कलगायत सामग्री नष्ट भएको उनले जानकारी दिए । उनले भने, ‘हामीसँग उपलब्ध भएका स्रोतसाधनको प्रयोगमार्फत कार्यालय सञ्चालन गरी सो भवनबाट सेवा प्रारम्भ गरेका छौँ ।’
कैलाली भन्सार कार्यालयले आयात निर्यातको काम आजदेखि पुनः सञ्चालन गरेको छ । नेपाल आयलनिगम धनगढीको आग्रहमा पेट्रोलियम पदार्थका ट्याङ्कर भने बिहीबार नै धनगढी आयात गरिएको थियो । आजदेखि अन्य अति आवश्यक वस्तुको आयात तथा निर्यातको काम कैलाली भन्सार कार्यालयले पूर्ण रूपमा सञ्चालन गरिएको सूचना अधिकारी अर्यालले जानकारी दिए । आज मात्रै भारतबाट सो भन्सार भएर २५ वटा मालबहाक गाडी भित्रिएको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया