जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

लोकपथ
252
Shares

काठमाडौं । जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जनाको मृत्यु भएको हो । आन्दोलनकै क्रममा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

भदौ २३ गते भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध सुरु भएको आन्दोलनमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच व्यापक झडप भएको थियो । साथै विभिन्न स्थानमा आगजनीका घटनाले पनि मृत्यु हुने संख्या बढाएको बताइएको छ ।

मृतकमध्ये केहीको सनाखत हुन बाँकी रहेको छ । जलेका ठाउँहरू सफा गर्ने क्रममा शव भेटिने क्रम अझै जारी छ । आज बिहान मात्रै चाबहिल चुच्चेपाटीस्थित भाटभटेनीमा जलेको अवस्थामा ६ वटा शव फेला परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?