काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने गरी पदभार ग्रहणको तयारी भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कार्की आज बिहान ११ बजे सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यतालिका तय भएको छ ।
शुक्रबार शपथग्रहणपछि तत्काल पदभार ग्रहण गर्ने तयारी भए पनि शपथमा ढिलाइ भएपछि उक्त कार्यक्रम स्थगित भएको थियो । पूर्व प्रधानन्यायाधीश समेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया