देउवा, ओली र प्रचण्डले राजनीतिबाट बिदा लिनुपर्छ : विश्वप्रकाश शर्मा

लोकपथ
3.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्ने बनाएका छन् ।

जेनजीको प्रदर्शनपछि जारी गरेको भिडियो सन्देशमा शर्माले भनेका छन्, ‘तीन नेताले सत्ता छाड्ने दिन पर्खिनुपर्दा नागरिक तहमा असन्तुष्टि बढेको छ ।’ उनले भने, ‘मैले पार्टीमा कुरा राखेको हुँ तर निर्णय गराउन सकिनँ। अब चुनाव हुन्छ, नयाँ सरकार बन्छ, प्रधानमन्त्री उनीहरू नै। यसैले पर्खिनुको सट्टा यसलाई सिस्टममा ल्याऔँ, विधिमा ल्याऔँ। ताकि भविष्यमा कुनै नयाँ पुस्ताले नेतृत्व गर्दा ‘छाडिदिनुस्’ भन्न नपरोस् ।’

शर्माले आफ्नो प्रस्तावमा राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन र सांसद चार पटकभन्दा बढी पदमा नियुक्त नहुने व्यवस्था लागू गर्नुपर्ने बताए । उनले पार्टीभित्र आत्मसमिक्षा, आत्मालोचना र आत्मसंकल्पसहित नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?