काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि पुनः सुरु भएको छ ।
शुक्रबार फाट्टफुट्ट मात्र चलेका सवारी साधन शनिबार बिहानैदेखि बाक्लो संख्यामा सडकमा देखिएका छन् ।चितवनतर्फबाट पनि बसहरू काठमाडौंका लागि प्रस्थान गरेका छन् ।
‘जेनजी’को सोमबारको प्रदर्शनका क्रममा नयाँ बानेश्वर वरपर बाहेक अन्य क्षेत्रमा सवारी चलिरहे पनि मंगलबारदेखि उपत्यकाभर प्रदर्शन सुरु भएपछि सबै सार्वजनिक सवारी साधन बन्द भएका थिए । नेपाली सेनाले कर्फ्यु समेत लगाएकाले यातायात पूर्ण रूपमा ठप्प थियो ।
शनिबार बिहानदेखि काठमाडौं उपत्यकाको कर्फ्यु हटाइएसँगै जनजीवन सामान्य बन्दै गएको छ । सार्वजनिक बस, ट्याक्सीलगायतका सवारी साधन नियमित रूपमा सञ्चालनमा आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया