काठमाडौं । जेनजी आन्दोलनको क्रममा २४ भदौमा भएको कारागार तोडफोड र आगजनीका कारण हालसम्म ११ हजार ४६१ कैदीबन्दी अझै फरार रहेका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चामेन्द्र न्यौपानेले जानकारी दिए ।
देशभरका २६ वटा कारागारबाट कुल १२ हजार ८१७ र बाल सुधार गृहबाट ९६२ गरी १३ हजार ७७९ कैदीबन्दी फरार भएका थिए । ती मध्ये २ हजार ३१८ जना पक्राउ परेका वा आफैँ फर्किएका छन् ।
फरार कैदीमा विभिन्न संगठित अपराधमा संलग्न व्यक्तिहरू पनि छन् । यसमा सन तस्करका नाइके चुडामणि उप्रेती ‘गोरे’ र अपहरणकारी भारतीय नागरिक उदय सेट्टी पनि रहेका छन् ।
कारागार व्यवस्थापन विभागले फरार कैदीहरूको खोजी र पक्राउ अभियान तीव्र बनाएको जनाएको छ । प्रहरीले सुरक्षाका उपायहरू कडा बनाएको भए पनि ठुलो संख्यामा कैदी फरार हुनु जेनजी आन्दोलनको गम्भीर असर देखाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया