सभामुख र राष्ट्रिय सभा अध्यक्षको अडान– ‘संवैधानिक प्रक्रियाबाटै समस्याको हल खोज्नुपर्छ’

लोकपथ
2.6k
Shares

काठमाडौं । संघीय संसद सचिवालयले वर्तमान परिस्थितिको समाधान गर्न संवैधानिक बाटोबाट अघि बढ्ने प्रयास भइरहेको जनाएको छ ।

आज राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संयुक्त वक्तव्य जारी गर्दै सो धारणा राखेका हुन् ।

दाहाल र घिमिरेले संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको भन्दै आन्दोलनरत पक्षको मागहरु सम्बोधन गर्दै अझ उन्नत र समृद्ध मुलुक निर्माण गर्न आग्रह गरे ।

‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधिनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ । यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्ने हामी दृढ छौँ । आन्दोलनरत पक्षमा मागहरु सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

यसैगरी भदौ २३ र २४ गतेको घटनामा ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्दै घाइतेहरुमा स्वास्थ्य लाभको कामना गरेका छन् ।

यता राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनका लागि पहल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?