काठमाडौं । देशको वर्तमान परिस्थितिपछि मंगलबार राति १० बजेबाट नेपाली सेना सडकमा निस्किएको छ ।
जेनजी समूहको आन्दोलन उग्र बन्दै भौतिक संरचनामाथि आक्रमण भइ ध्वस्त भएपछि सेनाले सडकमा बसेर नागरिकको सुरक्षा दिइरहेको छ । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिएसँगै यतिबेला देश सरकारविहीनताको अवस्थामा छ ।
यसैबिच अहिले अन्तरिम सरकार गठनको तयारी भइरहेको छ, जसका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ विकल्पहरुबारे छलफल गरिरहेका छन् । जेनजी प्रतिनिधिहरुले भने भने विभिन्न व्यक्तिहरुको नाम आगामी सरकार प्रमुखको रुपमा अघि सारेका छन् । तर युवाहरुबिच नै कुरा नमिलेपछि नेपाली सेनाले उनीहरुलाई एकताबद्ध भएर आउन भनेको छ ।
तस्बिरहरु हेर्नुहोस् :


















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया