संविधानमै टेकेर जेनजी अघि बढ्नुपर्छ : बाबुराम भट्टराई

लोकपथ
826
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेसपा नयाँ शक्तिका अध्यक्ष डा.बाबुराम भट्टराईले जेनजी आन्दोलन शान्तिपूर्ण अवतरणको दिशामा उन्मुख हुनु सकारात्मक भएको टिप्पणी गरेका छन् ।

उनले केही स्वघोषित बुझक्कड, दुराशयप्रेरित तत्त्व वा अल्पज्ञानी जनसाधारणले दाबी गरेजस्तो देश संविधानविहीन र राज्यविहीन शून्यतामा नपुगेको स्पष्ट पारे । ‘सरकारले राजीनामा गरे पनि संविधान, संसद, राष्ट्रपति–उपराष्ट्रपति लगायतका संवैधानिक निकायहरू र राज्यका स्थायी अङ्गहरू यथावत् छन्,‘उनले भने, ‘तीनै आधारमा टेकेर नयाँ नेपाल निर्माणको यात्रामा जेनजी अगाडि बढ्नुपर्छ । नत्र भुईँको टिप्न खोज्दा पोल्टाको खस्ने खतरा हुन्छ ।’

भट्टराईले तत्कालको प्राथमिकता आन्दोलनमा उठाइएका मागहरूको सम्बोधन र छिटो आमचुनावको तयारी हुनुपर्ने बताए । त्यसका लागि आन्दोलनकारीको सिफारिस र सहभागितासहित अन्तरिम सरकार गठन हुनुपर्ने उनको सुझाव छ ।

‘यो सबै प्रक्रिया विद्यमान संविधानमै टेकेर गर्नु जरुरी छ,‘भट्टराईले भने, ‘अन्यथा ठुलो अनिष्ट निम्तिन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?