सामान्य बन्दै चितवनको जनजीवन : कर्फ्यू हटाइयो, सबै युनिटबाट सेवा दिँदै प्रहरी

लोकपथ
203
Shares

चितवन । जिल्लामा लागू गरिएको कर्फ्यु आदेश हटाइएको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालका अनुसार भदौ २४ गतेदेखि जारी कर्फ्यु आज बिहान ६ बजेबाट हटाएर निषेधाज्ञा लागू गरिएको हो ।

उनका अनुसार जिल्ला सदरमुकामभरि रहेका बैंक तथा वित्तीय संस्थाहरू दिउँसो १ बजेसम्म सञ्चालन हुनेछन् भने सरकारी कार्यालयहरू भने नियमित रूपमा खुला गरिएका छन् ।

प्रजिअ अर्यालले निषेधाज्ञा कार्यान्वयन गर्दै जनजीवन क्रमशः सहज बनाउन पहल भइरहेको जानकारी दिए । अहिले सडकमा सवारीसाधनको आवागमन सहज बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?