काठमाडौं । रामेछापमा कारागार तोडेर भाग्न खोजेका कैदी बन्दीलाई रोक्न गोली चलाउँदा २ जनाको मृत्यु भएको छ ।
आज बिहान कारागारको विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार, सेनाको गोली लागेर ११ जना गम्भीर घाइते भएका छन् । जसमध्ये १ जनाको अवस्था गम्भीर छ । घाइतेहरूको रामेछाप अस्पतालमा उपचार भइरहे छ ।
थापाले भने, ‘सम्झाउँदा बुझाउँदा पनि नमानेर बलजफती निस्कन र नाराबाजीसहित जेल तोडेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउन पर्यो ।’
अहिले कारागार नियन्त्रणमा लिइसकेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।
कारागारमा ३ सय ३४ जना कैदी थिए । जसमा महिला १६ र पुरुष ३ सय १८ थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया