जेलबाट भागे टोपबहादुर रायमाझी

लोकपथ
0
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डका अभियुक्त पूर्व उपप्रधानमन्त्री समेत रहेका एमालेका नेता टोपबहादुर रायमाझी समेत कारागारबाट भागेका छन् ।

हाल टोपबहादुर केन्द्रीय कारागार (जगन्नाथ देवल) सुन्धाराको भद्र बन्दी गृहमा सजाय भुक्तान गरिरहेका थिए ।

मंगलबार अन्य कैदी बन्दी भागेपछि उनीहरूसँगै टोपबहादुर समेत भागेका हुन् ।

यता सोही काण्डमा जेलमा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डे समेत जेलबाट भागेका हुन् ।

मंगलबार जेन–जी प्रदर्शनका क्रममा धेरै जेलबाट कैदी बन्दी भागिरहेका छन् ।

यता डिल्लीबजारस्थित कारागारमा समेत कैदी बन्दीहरू भाग्ने तयारी गरेका छन् ।

यद्यपि नेपाली सेनाले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?