डडेल्धुरा कारागार तोडेर भागे ८५ कैदीबन्दी, २६ जना फेरि पक्राउ

लोकपथ
14
Shares

डडेल्धुरा । बुधबार बिहान डडेल्धुरा कारागारमा कैदीबन्दीले तोडफोड र आगजनी गरी ८५ जना भागेका छन् ।

जेलर सन्तोष भट्टका अनुसार तीमध्ये २६ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर पुनः कारागारमै राखिएको छ । कारागारमा नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा कडा गरिएको छ ।

तोडफोड र आगजनीबाट कारागारमा सामान्य क्षति पुगेको जनाइएको छ। हाल कारागारमा १२७ कैदी रहेका थिए । घटना भएपछि स्थानीय प्रशासनले डडेल्धुरा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?