झुम्का कारागारबाट कैदीबन्दी फरार, सेनाले केहीलाई पुनः नियन्त्रणमा लियो

लोकपथ
14
Shares

काठमाडौं । सुनसरीको झुम्का कारागार मंगलबार राति अराजक समूहको निशानामा परेपछि ठूलो संख्यामा कैदीबन्दी भागेका छन् । जेन–जी आन्दोलनको नाममा सक्रिय समूहले कारागार घेराउ गर्दै कैदीहरूलाई भगाएको हो ।

कारागारमा तत्कालै नेपाली सेनाको टोली पुगेपछि केही फरार कैदीलाई नियन्त्रणमा लिएर पुनः कारागारमा राखिएको प्रहरीले जनाएको छ। कारागारमा ‘ए’ र ‘बी’ गरी १ हजार ७९८ जना कैदी रहेका थिए ।

घटनाक्रमअनुसार, नाराबाजी गर्दै सानो समूह कारागार परिसरमा पुग्दा कैदीहरूले सामूहिक रूपमा भाग्ने प्रयास गरेका थिए। भागेका मध्ये केहीलाई सेनाले रामधुनी जंगल क्षेत्रबाट पक्राउ गरेको बताइएको छ।

सुरक्षा निकायले फरार कैदीहरूको खोजी तीव्र बनाएको छ भने कारागार परिसर वरपर उच्च सतर्कता अपनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?