काठमाडौं । सोमबार संसद् भवनभित्र प्रवेश गर्न खोजेका प्रदर्शनकारीलाई रोक्न प्रहरीले गोली चलायो । प्रहरीको गोली लागेर १७ जना युवाहरूको ज्यान गयो ।
सोमबारको सरकारी दमनविरुद्ध मंगलबार पनि युवाहरूले कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन झनै चर्काएपछि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिए ।
यता आक्रोशित बनेका युवाहरूको समूहले मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमै आगो लगाइदिएका छन् ।
भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध प्रदर्शनमा उत्रिएका युवाहरूको समूहले मंगलबार अपराह्न संसद् भवनमै आगो लगाइदिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया