काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँग गरेको ७ बुँदेको औचित्य सकिएको बताएका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वयले सरकारसँग गरेको ७ बुँदेको सहमतिको औचित्य सकिएको भन्दै पार्टी नेतृत्वलाई सरकारबाट बाहिरिन चेतावनी दिएका छन् । साथै सभापति देउवालाई केहीबेरअघि भनेको तर देउवाले नमानेमा आफूहरु फरक कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
‘७ बुँदे समझदारीको औचित्य समाप्त भएको छ । सरकारबाट पार्टीका मन्त्रीहरु फिर्ता बोलाउन सभापतिज्यूलाई भर्खरै आग्रह गरेका छौँ । सभापतिज्यूले अविलम्व निर्णय गर्नुपर्छ, अन्यथा अन्य प्रक्रियबाट निर्णय गरेर कदम चाल्न हामी बाध्य हुनेछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै महामन्त्रीद्वयले प्रधानमन्त्री ओलीको राजीनामा समेत माग गरेका छन् । प्रधानमन्त्री ओलीलाई अविलम्ब पद त्याग गरेर नवीन राष्ट्रिय सहमति निर्माणका लागि ढोका खोल्न समेत आग्रह गरेका छन् ।
महामन्त्रीद्वयले आन्दोलनरत जेनजी पुस्ताको न्यायोचित मागहरु पूरा गर्न जोड गरिरहेको र आन्दोलनलाईै संयम र शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्न समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया