खानेपानीमन्त्री यादवले राजीनामा दिने तयारी

लोकपथ
0
Shares
फाइल तस्बिर

 काठमाडौं । जेनजी आन्दोलनका क्रममा १९ जना युवाको ज्यान गएपछि सरकारले नैतिक दायित्व स्वरूप राजीनामा दिन थालेका छन् ।

खानेपानी मन्त्री प्रदीप यादवले सोमबार भएको घटनापछि सरकारमा बस्ने उचित कारण नरहेको भन्दै राजीनामा दिने घोषणा गरेका छन् । उनले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारसँग सहानुभूति प्रकट गरेका छन् ।

यसअघि नेपाली कांग्रेसका तर्फबाट कृषिमन्त्री रामनाथ अधिकारीले पनि पदत्यागको घोषणा गरिसकेका छन् । यस्तै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले समेत राजीनामा दिने निर्णय गरेका छन् ।

लगातार मन्त्रीहरूले पदत्याग गर्न थालेपछि सरकारले ठूलो राजनीतिक दबाब सामना गर्नुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?